Skip to content

ksabmagar7

मेरो प्रेम, नदेखिएको प्रेम

मेरो प्रेम,
कसैले पाना भर,
पाना पाना भर,
सिञ्चिएर लेखिदिएको मात्रै भए पनि,

मेरो प्रेम,
यसरी बग्दिएर,
हरफ हरफ,
हरफ भर,
बोलिदिएर सजाइदिएको भए पनि,

साथी बन्छ कसरी?

साथी कसरी नबन्दा हुन् ? मन नमिल्ने मात्रै भेटिन्न, मन मिल्ने पनि भेटिन्छन्, मन नमिले मगजको एकरुपता चाहिन्छ । विचार नमिल्नेहरू भेटिएलान्, विचार मिल्नहरू पनि भेटिएलान् । अनि जसतसो साथीको नाता जोड्दै जान्छन् । केही साथी भन्छन्, केही साथी बन्छन्, केही फेसबुकमा साथीका रुपमा अड्किन्छन्, कोही त्यही फेसबुकबाटै चिनिन्छन् । साथी, साथी हुन्, केही टुट्छन्, सक्किगो ।

sci-fi बुडा

“समय यात्रा, हजुर समय यात्रा, तपाई हलिउड फिल्म हेर्नुभो भने, रोचक विषय…, अँ, तपाईहरू हेर्नुहुन्छ, सोच्नुहुन्छ भने विचित्रै, अचम्मै को कुरो छ यो,” एकतमासले ती बुढा बोलिरहे,”सम्झदाँ म यहाँ पनि छु, र म यही समयका लागि बनेको, म… म नै भएर पनि फरक हुँ,”हिजो” पनि कतै ब्राह्मणमा बाँचेको छ, बुझ्नुहुन्छ,”भोलि” पनि छ कतै, ती प्रत्येक दिन फाइलमा लेखिए जस्तै हामीभन्दा उपल्ला वर्गका अर्का जात, ती मानिस होइनन्, तिनीहरू राख्दछन् ।” केशर लाइब्रेरीको भत्किएको भित्ताहरू हेर्दै बुढा आँखाँ तेर्साउँदैँ मतिर हेर्छन् । म यी बुढा पनि अङग्रेजी फिल्म हेर्दा रैछन् भन्ने सोच्छु ।

हामी हुनुको अर्थ छैन

हामी हुनुको मूल्य छैन ।
हामी हुनुको महत्व छैन ।
हामीहरू कहिल्यै नसुनिने आवाज हौँ,
नदेखिने रश्मि हौँ,
सय वर्ष पछि,
हजारौं हजार वर्षहरू पछि,
हामी,
हामी नै हुनुको अर्थ नबोक्ने मानव हौं ।

लोडसेडिङ साइडइफेक्टस्

भन्नेले भनून्, कान फूक्नेले फूकून्, ब्रह्माण्ड पुग्ने बिजुली निकाल्न सक्ने देश नेपालै हो भनेर गफ लाउन्; पत्रपत्रिका, रेडियो, टिभी, अनलाइन समाचारले नेपालमा यहाँनेर, त्यहाँनेर, हाइड्रोपावर बन्दैछ भन्ने समाचार सुनाउन सम्म किन नभ्याउन्,नेपाल देशले आउने दिनमा टन्नै मेगावाट बिजुली निकाल्ला-ननिकाल्ला, ती कुरा एकतिर, तर कुरो काँनेर भन्नुहुन्छ भने, हिजो आज काठमाडौ खाल्डोको कुरा गर्दा राजधानी भन्नै लजाउँछ ।