Skip to content

उनले प्रेम बोलिन


उनी उजेली बनिन्
आँखाले छाम्न सकेन,
भन्दै भनिन,
तिमी मेरै हो बोल्दै बोलिनन्,
हेराइले बोलिन्,
मुस्कान छाडी,
ठेस लागेर हेर्न भ्याइन् ।

उनले प्यार मागिन्
मन साट्ने दुस्साहस गरिन्,
दिल भित्रको कथा बोलिन्
म तिम्रै हुँ भन्दै भनिन
फोक्सोको सासले जीवन बोल्यो,
मुटुमा धुन बज्यो,
उनले प्यार देखाइन्,
तर प्रेम बोलिन,
उनले प्रेम बोलिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *