Skip to content

हामी हुनुको अर्थ छैन


हामी हुनुको मूल्य छैन ।
हामी हुनुको महत्व छैन ।
हामीहरू कहिल्यै नसुनिने आवाज हौँ,
नदेखिने रश्मि हौँ,
सय वर्ष पछि,
हजारौं हजार वर्षहरू पछि,
हामी,
हामी नै हुनुको अर्थ नबोक्ने मानव हौं ।
.
न तिमी कहिले थियौ,
न कहिले तिमी बाँच्यौ,
तिमी र म शुन्यमा हराएका अस्तु हौं ।
हामी अर्थहीन सुत्रका अर्थ हौं ।
हामी कहिल्यै कुनै इतिहासमा नलेखिने विषय हौँ ।
कहिल्यै नपढिने किताब हौँ ।
.
हामी हुनुको मूल्य छैन ।
हामी हुनुको अर्थ छैन ।
यदि अर्थ खोज्छौ भने,
के खोज्छौ?
के हेर्छौ?
के बोल्छौ दर्शन?
हामी, यहाँ हुनुको अर्थ नबोक्ने मानव हौँ ।
हामी यहाँ सागरमा हराएका
नभेटिने मोती हौँ ।
हामी यो अन्धकारमा हराएका मान्छे हौँ ।
हामी, हामी हुनुको अर्थ छैन ।
हामी, हामी हुनुको मूल्य छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *