के भन्ने हो, हजुर? के भन्ने? सोध्नुहुन्छ? म को?
तपाईं जे पड्दै हुनुहुन्छ, तपाईंसँगै एउटा मधुर आवाज बोलिरहेको छ, म त्यही आवाज हुँ, हजुर !
ल, यो वाक्य पढ्नुहोस् त, पढ्नुहँदा मनमनै कस्तो एउटा आवाज सुन्नु भइरहेछैन, म त्यही हुँ ।
आफैँ भित्र हराइरहेको एउटा आवाज हुँ म, तपाईं मलाई सम्झनुहुन्न, म तपाईलाई बोलउँदिन । चेतना, हो हजुर! चेतना यति अन्धाधुन्ध छ जिन्दगी, अनि यति व्यस्त हुनुहुन्छ हजुर, समय कहाँ छ? म कहाँ छु? यो स्वर,”म” काँ छु, काँ? म हराइरहेछु एकाएक ।
तपाईं सधैँ सोच्नुहुन्छ, म त्यहीँ छु । तपाईं रुनुहोला, रिसाउनु-कराउनु, हाँस्नु हुँदा पनि म छु, त्यहीँ छु, तपाईंसँगैँ खोजी गर्न मात्र बाँकी छ, । मलाई मन भित्रको आवाजमा खोज्नुस्, चिन्तामा खोज्नुस्, बोलीमा खोज्नुस्, यादमा, एकान्तमा, मलाई खोजिरहनुस्, म आवाज हुँ, म तपाईं हुँ, म तपाईं भित्रको आत्मा हुँ, म स्वर हुँ, म चेतना हुँ, म तपाईं हुँ, म , म हुँ ।
