mukund
लोडसेडिङ्ले देशैभरि अन्धकारमा छन् जनता
लोडसेडिङ्ले देशैभरि अन्धकारमा छन् जनता
मैनबत्ति बाल्नलाइ हतारमा छन् जनता
जताततै हाहाकार छ पेट्रोल अनि डिजलको
लाइनमा बस्दा बस्दा दिक्दारमा छन् जनता
जुन सरकार आएपनि बढाउंछ मुल्य मात्रै
एक पछि अर्को गर्दै महंगीको मारमा छन् जनता
सभासद र मन्त्रीबाटै अपहरित हुन्छन् मानिस
ठूलाबडा शासकहरुको अत्याचारमा छन् जनता
गरिबहरुको हालत बिग्रंदैछ झन् झन्
गाउं गाउंमा भोकमोरीको सङ्घारमा छन् जनता
न त बन्यो संबिधान न त आयो शान्ति
अब त अति भयो आन्दोलन्को सुरसारमा छन् जनता
दिनरात पैसा झार्ने बाटोमात्र हेर्छ पुलिस
दिन रात पैसा झार्ने बाटोमात्र हेर्छ पुलिस
त्यसैले त अपराधीको बयान फाइल फेर्छ पुलिस
पैसाको भरमा छुट्छन ठुला ठुला अपराधी
दोषीलाई भगाएर निर्दोषको घर घेर्छ पुलिस
सानालाई लाग्छ ऐन ठूलालाइ सधैं चैन
पहुंचवाला मान्छेको आदेशमात्र टेर्छ पुलिस
मान्छे मारुन् देश लुटुन् लाग्दैन कुनै कानुन
डनहरुलाइ कठघरामा उंभ्याउन छेर्छ पुलिस
सत्य सेवा सुरक्षणम् मुल मन्त्र राखेपनि
अफ्नो नारा आंफैले ब्यर्थ किन केर्छ पुलिस
दिन रात पैसा झार्ने बाटोमात्र हेर्छ पुलिस
त्यसैले त अपराधिको बयान फाइल फेर्छ पुलिस
गैरी खेत
गैरी खेत साहुलाइ बुझाइ कमाउनलाइ बिदेश आंए
जीउ पाल्न नि धौ धौ भयो नसोचेको दुख पांए
जताततै मरुभुमि खट्नु पर्ने तातो घाममा
राम्रो काम नपाएर सधै हण्डर मात्र खांए
न त पुग्यो दुइछाक खान न त पुग्यो राम्रो लाउन
नयां फेर्न नसकेर सधै एउटै लुगा लाएं
साहुको हप्कि खानु पर्छ रातदिन दुख गर्दा पनि
तलब बढ्छ भन्ने आशमा उल्टै उसको गुणगान गाएं
गरिबको ब्यथा बुझ्ने को नै हुदारैछन् आखिर
बैङ्कको ऋण तिर्न भन्दै ब्यर्थ अरब तिर धाए
गैरी खेत साहुलाइ बुझाइ कमाउनलाइ बिदेश आंए
जीउ पाल्न नि धौ धौ भयो नसोचेको दुख पांए
- « Previous
- 1
- …
- 3
- 4
- 5

झन्डावाल गाडी छाडी डन्डावाल गाडीभित्र पस्नुपर्यो आज