गैरी खेत साहुलाइ बुझाइ कमाउनलाइ बिदेश आंए
जीउ पाल्न नि धौ धौ भयो नसोचेको दुख पांए
जताततै मरुभुमि खट्नु पर्ने तातो घाममा
राम्रो काम नपाएर सधै हण्डर मात्र खांए
न त पुग्यो दुइछाक खान न त पुग्यो राम्रो लाउन
नयां फेर्न नसकेर सधै एउटै लुगा लाएं
साहुको हप्कि खानु पर्छ रातदिन दुख गर्दा पनि
तलब बढ्छ भन्ने आशमा उल्टै उसको गुणगान गाएं
गरिबको ब्यथा बुझ्ने को नै हुदारैछन् आखिर
बैङ्कको ऋण तिर्न भन्दै ब्यर्थ अरब तिर धाए
गैरी खेत साहुलाइ बुझाइ कमाउनलाइ बिदेश आंए
जीउ पाल्न नि धौ धौ भयो नसोचेको दुख पांए
