Skip to content

यो तिहारमा

प्रदेशको तातो घाममा किन दु:ख काट्यौ दाजु
यो तिहारमा आउँछु भन्थ्यौ तर किन ढाँट्यौ दाजु

मखमली फूल फुलाई राखेँ मैले आँगनभरि
यसपाली नि किन निधार खाली राख्न आँट्यौ दाजु
यो तिहारमा आउँछु भन्थ्यौ तर किन ढाँट्यौ दाजु

घरमा बस्दा तिम्रो लागी के नै दु:ख थ्यो र ?
बिदेशको दु:खसँग खुशी किन साट्यौ दाजु
यो तिहारमा आउँछु भन्थ्यौ तर किन ढाँट्यौ दाजु

पोहर साल भन्थ्यौ तिमीले अर्को साल आउँछु बैनी
मुखले मात्र ठिक्क पारी गफ किन छाँट्यौ दाजु
यो तिहारमा आउँछु भन्थ्यौ तर किन ढाँट्यौ दाजु

लिङ्गे पिङ हाल्छु भन्थ्यौ यसपालीको तिहारमा
नाआउने भा’ पहिल्यै पिङ्को डोरी किन बाट्यौ दाजु
यो तिहारमा आउँछु भन्थ्यौ तर किन ढाँट्यौ दाजु

Leave a Reply

Your email address will not be published. Required fields are marked *