Skip to content

सांच्चै सहिद आज तिम्रो अपमान भैरहेछ


मर्ने र मारिने सबै तिम्रै सुचिमा नाम लेखाउन तानातान भैरहेछ
सांच्चै सहिद आज तिम्रो अपमान भैरहेछ

हांसी हांसी देशको निम्ति बलिदान दियौ तिमिले
तर आज राज्य तिमि प्रति बेइमान भैरहेछ

झुकेनौ कहिल्यै दुश्मनसंग लड्यौ थोपा रगत रहुन्जेल
यहां त तिमिले ल्याएको परिबर्तन तुहाउन फटाहहरुबिच भनाभन भैरहेछ

भोकै छन् तिम्रा परिवारहरु धौ धौ छ एक आङ् ढाक्न पनि
तर तिम्रो नामबाट रकम झिक्दै दिनहु जलपान भैरहेछ

तिमिले यस धर्तिमा बगाएको रगतको छिर्का नमेटिंदै
कुर्चिको निम्ति नेताहरु बिच हनाहान भैरहेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *