झन्डावाल गाडी छाडी डन्डावाल गाडीभित्र पस्नुपर्यो आज
मन्त्रीबाट एक्कासी कैदीमा खस्नुपर्यो आज
जहाँ जाउँ गलाभरि माला हुन्थ्यो निधारभरि अबिर
त्यही निधारमा कालो टीका घस्नुपर्यो आज
मधेशका साथी भाइ के भन्ने हुन् अब मलाई
अभिबादन फर्काउने हातहरुमा हतकडी कस्नुपर्यो आज
मिलेको मुद्दा पनि उल्टियो सर्बोच्चमा
सम्पति जोड्छु भन्दा भ्रष्टाचारमा फंस्नुपर्यो आज
मेरो जस्तो नियति नहोस है कसैलाइ नि
पद त गयो गयो अपराधि भै जैल भित्र बस्नुपर्यो आज
