पैदल हिंड्ने नेताज्युका करोडौंका चिल्ला कार
फस्टाउँदैछ देशमा आज घुसखोरी र भ्रस्टाचार
कोही सांसद घुस लिन्छन् कोही बेच्छन् रातो पासपोर्ट
संसद भित्र मान्यज्यु बाहिर अर्कै अवतार
बिकास गर्न होइन यहाँ कमाइ गर्न चाहिने सत्ता
मन्त्रीबनी महल जोड्छन् श्रीमतीलाइ सुनको हार
सुडान काण्ड बाहिर आयो करोडौंको रैछ खेल
चोखो रहेन पुलिस पनि एसपी होस या हवल्दार
पुल बनोस् बाटो बनोस् भत्किइहाल्छ महिनादिन मै
बिकास बजेट कुम्ल्याएर मोटाउँदैछन् ठेकेदार
भ्याट बिल पनि डुप्लिकेट छपिन्छ रे भित्र भित्रै
कसैलाइ कार्बाही हुन्न सरकार बन्छ लाचार
धनी बन्दै गए नेता देश झन् झन् गरिब
सोझा साझा जनतालाइ थोपार्दैछन् ॠणको भार

i
i like your gazal
i like it
i like it