जनमुक्तिको अन्तिम युद्ध लड्न अझै बाँकी छ
क्रान्तिका अग्ला पहाड चढ्न अझै बाँकी छ
जनताले हारेको इतिहास नै कहाँ छ र?
शहिदका बलिदानी गाथा पढ्न अझै बाँकी छ
जीत हाम्रो नभएसम्म रोकिदैन क्रान्ति यात्रा
साम्यबादको लक्ष्यतिर बढ्न अझै बाँकी छ
कमजोर बन्न थालिसके राष्ट्रबादका नाराहरू
राष्ट्रियताको अडानमा अड्न अझै बाँकी छ
सलबलाउन खोज्दैछन् जनताका बैरीहरू
दुस्मनका छातीहरूमा गड्न अझै बाँकी छ
जनमुक्तिको अन्तिम युद्द लड्न अझै बाँकी छ
क्रान्तिका अग्ला पहाड चढ्न अझै बाँकी छ
