क्रान्ति र प्रतिक्रान्तिको द्वन्दमा फंस्दैछ मेरो देश
तैपनि शान्ति र संबिधानको आशमा बस्दैछ मेरो देश
गणतन्त्र आयो देशमा तर फेरिएन देशको मुहार
षडयन्त्रै षडयन्त्रको चक्रब्युहमा पस्दैछ मेरो देश
जनताको क्रयशक्ति क्षीण बन्दैछ दिनदिनै
उठ्नैनसक्ने महंगीको खाडलमा खस्दैछ मेरो देश
कथित राष्ट्रबादको नारामा बिखन्डनकारीहरुबाट
राष्ट्रीयताको नक्कली तेल घस्दैछ मेरो देश
दशबर्षे द्वन्दको घाउमा खाटा नबस्दै
पुन क्रान्तिमा जान मुठ्ठी कस्दैछ मेरो देश
