फेरि एउटा क्रान्तिको दियो बाल्ने रहर छ
परिबर्तनको नयाँ इतिहास लेख्न थाल्ने रहर छ
संबिधान बनाउन रोक्दैछन् प्रतिगमनकारीहरू
संघर्षको कडा कदम चाल्ने रहर छ
भ्रष्टाचारले गरिब देश बन्यो झन् कङ्गाल
भ्रष्टाचारीहरूलाई जेल हाल्ने रहर छ
राजतन्त्र ढल्यो यहाँ बाँकी छन् जरा अँझै
सामन्तवादका अवशेषहरूलाई गाल्ने रहर छ
नया संबिधान भयो आकाशको फल मात्र
पुराना ऐन कानूनहरू फाल्ने रहर छ
मिचिदैछन् सीमाहरू मेचीदेखि कालीसम्म
बिस्तारबादी पर्खालहरूलाई ढाल्ने रहर छ
फेरि एउटा क्रान्तिको दियो बाल्ने रहर छ
परिबर्तनको नयाँ इतिहास लेख्न थाल्ने रहर छ
