Skip to content

narayan pokharel

वियोग दुरमा !

अङ अङ चंचल ,मदनका भार ती
दुबै जुट भै गयौं अलोकिक प्यार पिई
लिनुदिनु प्रिय लौ ,खालि रैछ सम्झना
राख प्रिय मुटु भित्र ,प्रियतमको समझना !

त्रिप्त हुन्थे चाहना मेरा ,साथ तिम्रो पाँउदा
बित्दछ रात बियोग को ,छटपटी ,साथ न हुँदा
देखाउँ कि खोली छाती,नयन हेरें ,ती तिरक्षे
कलकलायो मुटु मेरो ,बैगुनी त्यो दुर भैं दिंदा !

लठ्ठिएको जवानी

देखी रा ‘ को, न देखने लाई
बबुरो पीर किन् सल्कायो
सल्लो बत्ति बाली जङल्
साँझ बिहान किन लट्ठायो ?
के जानोस त्यो प्रीति मिठो
युवा बुडो किन खुट्टायो
मर्द हो! मर्द साथि ! ,!
बे फ्वाँक मै, त्यो बौलायो !

गर अब राज

भगाई राजा खायौ आफै
सत्ता बाडीचुँडी
टुहुरो पारेउ राँडो देश
फुँडी जग जगी
भाल्टाङ् भुल्टुङ
खान् छैन् हिडे खाडी तिर
सुकुमारी नानीहरु
नाचने घरका द्वार
प्रचन्डे तिम्रो यो
कस्तो समाज्बाद ?
भाई छोरा फुटायर
गर अब राज.

विदेशको सपना

बिबसता का यी कुरा
भोलीका सम्झनाहरु
चाङ् बन्छन्
र हेरछौं
कुहेका सपना हरु !
कसरी थिचियर
पेलियको
पिल्सीयको
आफैमा
उदघाटित हुदैछ !
बिदेशको सपना को नाउमा
जलायर बैंस
ममता
स्रद्धा,
जुटि रहेछौं, यौटा पैसो मा
याद ! थिग्रा हरु
जलाई रहेछ
मन
मन्दिर ,
आस्थाहरु
प्यासहरु
कथाका
यी हाम्रा
अब्यक्त्त कथाहरु

माया ! देख्दा । !

उघार घुम्टो म हेरछुप्रिय ! ,चन्द्रमा भयको
गाजलु नेत्र तिर्खाले ! मेरो ,मदन चुमेको छ
टल्केका तारा पछेउरी भरी ,आकासै झल्केको
चन्दन् लाग्यो, बदनपनी , सुगन्ध छर्केको
शितलता दीने मुस्कान् मधुर ,छरियको जवानी
कसरी भनौ ? त्यो मुटु भित्र ,अटेको छैन ! यो हाम्रो कहानी !

शर्माउन छोड प्रिय ,लज्जाउन छोड !

शर्माउन छोड प्रिय ,लज्जाउन छोड
मधुमास हो मेरो,अल्झाउन छोड
कालो छ बादल ,लहराँदो केश
बडेर देउ ,फर्फराँ उ दो ओठ
कसेर राख ,मदहोस भै राख
मन यो तिम्रो ,आफ्नै ! संम्झेर राख
रात छ तिखो ,जुनकिरी तारा
निदमा सब छन बतास सारा
चलेर मन्द अब तिमि छे उ आ उ
उज्यालो मुहार ,चम्काई आ उ
शर्माउन छोड प्रिय ,लज्जाउन छोड
मधुमास हो मेरो,अल्झाउन छोड

क्षण भरकै हो काया !

हर मौसम फुल्छन फुल ,हर मौसममा काँडा
कहिले तल झर्छु साथि ! कहिले चडछु डाँडा
अभिनय हो गर्छन ,छल्छन ,पार्छन रित्तो माया
जानु आ उनु रित्तै भवमा ,क्षण भरकै हो काया

देश् न वाडौं !

हामि यौटै जात ,(नेपली) भन्न न सक्ने भयौँ
संस्कारले अब देश्, अब हामि बाड्ने भयौं
हात् राज्य ,खुट्टा राज्य ,ओठ ,लालि राज्य
समाजबका राजि ,काजि दुसाद, धानुक राज्य
बिरताले के पो भन्छ संसारले के ?
आफ्नु दुनु सोझ्याउने नेता भन्छन् के ?
प्रचन्डको बिखन्डन्ले माओबादि टुट्यो
उस्कै आफ्नै घर् पनी घैटें भैइ फुट्यो
सुद्धि अब आउला कि ,नेपालि हौं जाती
तागा धागा ,दनुवार राइ नेपाली भाँति
यौटै शहर गाँउ घर भाईचारा हाम्रो
चलि आका चाड पर्ब ,छ मिल्ने राम्रो
भत्कायर हामि अब बाँदर बन्न हुन्न
नेपाल्का नेपाली हो ,धर्म छोडन हुन्न !

मेरो चरी आज किन चहकिएको छैन

मेरो चरी आज किन चहकिएको छैन
झरी परी रुझी बस्यो, देखिएको छैन

चर्का घाममा, अल्झिएर कि त आको होइन
मन दुखी कतै रोयो, सम्हालिएको छैन
मेरो चरी आज किन चहकिएको छैन !

आऊ बाहुपासमा !

निदमा छु अब, आऊ बाहुपासमा
नसर्माऊ प्रिय, आऊ बाहुपासमा

मुटु गर्छ धक् धक् देऊ
लजज्का ती पाखुरी
समाई गर्छु म ! चुम्बन
आऊ बाहुपासमा
ती बदामी नयन
छल्की लज्जा शामको
खोज्छ मन मुटु दुबै
आउ बाहु पासमा

सक्छौ भने चलाउ मेरो ,दिलमा तरबार !

सकछौ भने चलाउ, मेरो दिलमा तरबार
छ भनौ कि छैन भनौ, मेरो घरबार
बर्सादमा बर्षा सङ, रमाउछु म ता
हिउदमा हिउँ सङै, खेल्दै हिडछु म ता

नेपालकै !

हिमालकै जडीबुटी, हिमालकै पानी
स्वच्छ हावा हर हर बास्नी ध्यानी

चौतारीका अग्ला रुख, धारो पँधेरो
बिर्सनलाई गहारो छ, आफ्नै संगालो
तल बग्छ निर्मल खोलो, माथि झरना
बनभरि नाच्छ चरी हेर्छ दुनिया

चेत जागा कुर्ल हो !

तिम्रा धोकाले
हामि रोगा’का
तिम्रा चोखाले
छौं हामि भोकाका
रगत बगायौ आँगन
काटेउ छोरा मार हान्न !
फोरेउ स्कुल अस्पताल
भोका नांगा हामि पाप्
बसाई सरे हुनेहरु
न हुने लागेउ तिम्रा पछि
डाँडा पाखा बनमारा छन्
ढरधति रुख्खो डाक्दछन्
पायम् के अस्रल्ल
भुरा भय अल्पत्र
कस्तो देन कस्तो बिकास
माँगी खाने केको आस
पतिॅ छोडि बाझै हीडेउ
तिम्ले पढी के पो गर्यो ?
बर्गलायौ इ गाउले सारा
खुकुरीले तर्साई नारा
भोट लियौ चोट दियौ
हत्याको किन अभिशाप् लियौ ?
कता मेरो प्रजातन्त्र !
तिमि कामी हन्त हन्त
जागी कहिले उठने होला
यो चोट कहिले सुक्ने होला
न रोउँ ! आँशु बग्छ भल् भल्
कसले हाल्ने अब मल जल

दुख सुख गर्जो टालौं, भै अभिमानी

कत्तिका रुन्छन मन, बिरह छ छुने
घरबार छाडी, किन बिदेशमा हुने
गाई छैन घर्बार, खेती पर्यो बाँझो
पुर्खा थिए खनजोत, आज युवा हार्यो

सन्सारको चमक दमक, मिठो खान पाइने
सोचै सोचमा लाग्यो कता, हाम्रो गाले गाइने
अहिले भन्छ भाँबर छ, बालुवाको देश
पानी छैन निद छैन, छैन चयन लेस

सम्झी सम्झी गाँउ घर, आमा माया, नानी
बाँच्न, मर्न गार्हो भन्छौ, छैन दिने पानी
यसै मर्नुभन्दा आऊ, वसौं गोडी मेली
दुख सुख गर्जो टालौं, भै स्वाभिमानी

खोजिरहेछ संबिधान !

परिबेशहरू उस्तै छन्
समय सान्दर्भिक हुन सकेन
चाहना भरि भरि, नागो देश
ठिङिएको छ,
काकाकुल झै विकासका चाहना मन्भरि राखेर
दग्धतामा उम्लिरहेछ !

तिम्रै सपना बोकेकोछु !

अनिंदो रात सम्झन्छु तिमी !
सुकाएर मायाका बिस्कुनहरू
राखेछु हृदयमा
ती ता पत्रे चट्टान भैसकेछ !
सुन्न तिम्रा कर्ण, नबटारिएको भए
मन्का कुसुम फक्रन् ललायित भए
भँबर बनी म तिम्रा कमल कोपिलमा आउँला

सुन्दर सपना चाहहरू !

यी उषाका किरणहरूसँग,
फुल्छ मनका फूलहरू
रंग भरी योवनको
खुल्छन सारा यौवनहरू,
मिठा चंचल नयन कति
छर्छन् कति नर्तनहरू
चपल मन हर रंगमा
भर्छन लाखौं भेदहरू !