Skip to content


हिमालकै जडीबुटी, हिमालकै पानी
स्वच्छ हावा हर हर बास्नी ध्यानी

चौतारीका अग्ला रुख, धारो पँधेरो
बिर्सनलाई गहारो छ, आफ्नै संगालो
तल बग्छ निर्मल खोलो, माथि झरना
बनभरि नाच्छ चरी हेर्छ दुनिया

पर्बतका ठुला शिखर चमक छ उत्तर
तराईका फाँट सारा, अन्न सोत्तर
तर पनि भन्छन् साथी, हामी कनिया
होइन भन्दै देखाउँ है ! हाम्रो सृजना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *