Skip to content

सुन्दर सपना चाहहरू !


यी उषाका किरणहरूसँग,
फुल्छ मनका फूलहरू
रंग भरी योवनको
खुल्छन सारा यौवनहरू,
मिठा चंचल नयन कति
छर्छन् कति नर्तनहरू
चपल मन हर रंगमा
भर्छन लाखौं भेदहरू !

हेरने आँखा लचक कत्ति
कति हेर्छन् चालहरू
उच्च स्थल हर पथिकका
खिच्छन् मोहक बाहुहरू
सपना जोडछन नव रसका
ईच्छा सारा झन्कारहरू
मनले मन्दिर खोज्छ सजाउन
सुन्दर सपना चाहहरू !

Leave a Reply

Your email address will not be published. Required fields are marked *