कत्तिका रुन्छन मन, बिरह छ छुने
घरबार छाडी, किन बिदेशमा हुने
गाई छैन घर्बार, खेती पर्यो बाँझो
पुर्खा थिए खनजोत, आज युवा हार्यो
सन्सारको चमक दमक, मिठो खान पाइने
सोचै सोचमा लाग्यो कता, हाम्रो गाले गाइने
अहिले भन्छ भाँबर छ, बालुवाको देश
पानी छैन निद छैन, छैन चयन लेस
सम्झी सम्झी गाँउ घर, आमा माया, नानी
बाँच्न, मर्न गार्हो भन्छौ, छैन दिने पानी
यसै मर्नुभन्दा आऊ, वसौं गोडी मेली
दुख सुख गर्जो टालौं, भै स्वाभिमानी