Skip to content

narayan pokharel

आ -आफ्नु उहि हो सानु ।

सागर ठुलो भयर के ,गागर छ आफ्नु सानु
गगन छ ठुलो ठुलो ,झुप्रो सुखि छ सानु
मन्मा पाक्छ धनको थुप्रो, मगज पापि हो सानु
सुत्ने निन्द्रा र भर्ने भुँडि , आ -आफ्नु उहि हो सानु ।

भत्कियको शहर !

भत्कियको शहर, छ ,मेरो नगर
जाउँ कि भन्छु,पालेछु ,छ ,रहर
छ रे छरप्रस्ट ,भत्कियका डगर
चुक अँध्यारो छ,मन अलमल
भत्कियको शहर छ ,मेरो नगर

भाँचियका छन् ,कानुन का घर
रात बिरात नाचकै छन टर टर
छोयर जान्छ ,चरित्रका अङिन्ति बिचार
छैनन आफ्ना भन्ने ,कुनै सदाचार
भत्कियको शहर छ ,मेरो नगर

युवा छन बिदेशका ,रुग्छन् रातका प्रहर
सुत्छन् अरु पाई ,तिन्को सुरक्षा, नित्य भर
रुन्छ घर घर ,प्रिया,महतारी
ठान्छन् सब यो भो ,कर्म हारी
हाँस्छन बन्दुके ,सन्तान आफ्नै ती मारी
भत्केको शहर छ , नेता खान्छ , सब् डकारी। ,

माया भन्ने के रैछ ?

माया भन्ने के रैछ, खोजें घाट घाट
माया भन्ने यही हो कि, रहे साथ साथ
पीडा बोल्दा बोल्दैन्, मन खोल्दा खुल्दैन्
अभाव को फाँटमा, खोज्छ सदाकाल
माया भन्ने के रैछ खोजें, घाट घाट

तिमी

पागल बनाई गयौ तिमि ,म छु आँधी माझ
आँधी छ अन्ध छु ,देख्दिन केहि आज
थामीइ आन्धी झुल्कि जुन, तिमि आ उने हो कि
बर्षा याम छाडी शरद , तिमि आ उने हो कि
सम्झनाकै उन्दै माला ,हर पल याद म, जिउछु
भनुँ कन्हाँ सुन्छ को र? कन्हाँ गैइ म बोलुँ

हाँस्न, सकुँ म पनी !

म छैनन कि तिमीमा,तिमिले खोजिनौकी
बगेउ कतै,खोली आँखा,,, हेरीनौ कि
तिम्रा सरगम का ती स्वरमा बसी रहेछु म सधैं
अभाव को साथ छु ,झुकी रहेछु म सधैं
बाँध हाल अंगालो ,बाँच्न सकुँ म पनी
मधुर छरी मुस्कान हाँस्न, सकुँ म पनी

अबोधता भरिएको !

अबोधताभरि-भरि मन
छरिएर छरपष्ट भै रहेछ
बिबेक् शुन्य हृदय पलाउने आशमा,
बर्बराइरहेछ !
मृगतृष्णामा, म हराइरहेछु,
सम्झेर बैगुन मान्छे !

सरकार र म

नब्युत्याउ ! म भै सकेछु मुर्दा
अब बौरिन्न म ! यो श्मसानमा
जली रहेछन चिता, असहाय, तन्हाको
खोजन बाँच्ने, चाहनाको !
वाध्य छ बिदेसिन
सरकारको अल्पत्रको !

वलियाको करतुत

बादलका थुम्काहरुमा ,जीवनका रहर सेमेटेर
खोज्छ बाँचन आज मान्छे
भत्केको सपना ओडी बाँची ,रहेछ आज मान्छे
हर समुद्र मन्थन पछी ,”निर्धो पिउछ बिष,
असन्तुलित संसार ! बलिया सोरी रहेछन अंमृत
हक हो उस्को ,!ओकली रहेछ ,बम ,बारुद र गोली,
यो सुरक्षा हो उस्को,
बिक्लाङ जिन्दगी जिउनु,प्रताडित हुनु ,
सबै सहेर बाच्नु,
बडे बदे मानबताबादिका गठबन्धन ,यो ढोङ हो ,हर मुलुक को
समय सँग बल्तकार ,न ओईलाई झुली रहेछ वलियाको
निर्धाका शरिर ,मान्स पिन्ड खल्बलाई रहेछ,
खेती गरेर डलरकै ,मान्छे स्रापित भै रहेछ
भोग्छ तडप! ,खप्छ तडप!
यो नियतता खप्पर्को काल भै रहेछ
बिभिम्रित छ हावा पानी ,

पृथकता

माछाको जाल एउटै
बाच्ने पानी एउटै
माझिकोतारो एउटै
ऐ हारेको मन एउटै
मानौ कसरि यो पर्दाले
फेरेर् हरेक् रङ
इन्न्द्रेनी देखाउछ
देखाउछ सप्तरङ
उज्यालो उहि छ आकास
बिकास उहि छ उच्छबास
धडकन के छ र फरक्
फडकन् के छ र फरक
छुट्ट्यार आफुलाइ फरक्

घर र महल् सजाउछन्
हुन्छ ,सजाबट् फरक्

आनन्द त उहि ,तिमिले भनेको ,निन्द्रा उहि हो
अनाहक् जतायर् फरक् ,मान्छेका रुप झै
न भन् भाबना फरक
माया फरक् ,ममता फरक्
शाश्वत्वो मन्को
हुदैन् कुनै ,समर्पण फरक् । ।

खोजी हिडें माया

मनभरि सँगालेर, बसेथें, म माया
रात-दिन अङालोमा, राखेथें, मैले माया
बिरानु भई गयौ कता? खोजी हिडें माया
तिम्रै लागि बाँची रैछु, सम्झी सम्झी माया ।

दुई टुक्रा (हरेक मनमा आँखा भए)

हरेक मनमा आँखा भए, देख्थियो, मेरो छाती
कस्को लागि धडकिएछ, को छ गजुरमाथि
कत्ति रोयो, आँखा धोयो, झरे सरी, झरी
कहाँ होला आउला कहिले, मेरो मन्को परी

टुकरा हरु

म त मरेको छु ,न जगाउ अब
भँतेर हुँ, बाँडी खाउ सब
यो शवलाई ,कस्को चाह हुन्छर
जलाउ आगाले अब ,न मान डर…..

फुटेको मुटु जोडन खोजेछु
आफ्नै माया, खोजन खोजेछु
देखेर सबै,तिमरै स़़वरुप
मनका भावना ,आज जोर्न खोजेछु

यो मन कतै साटौं कि
छ माया कतै बाटौं कि
देखने आँखा खोजि रैछु
न भेटी कतै ,आफै रेटुँ कि ?़