तिम्रा धोकाले
हामि रोगा’का
तिम्रा चोखाले
छौं हामि भोकाका
रगत बगायौ आँगन
काटेउ छोरा मार हान्न !
फोरेउ स्कुल अस्पताल
भोका नांगा हामि पाप्
बसाई सरे हुनेहरु
न हुने लागेउ तिम्रा पछि
डाँडा पाखा बनमारा छन्
ढरधति रुख्खो डाक्दछन्
पायम् के अस्रल्ल
भुरा भय अल्पत्र
कस्तो देन कस्तो बिकास
माँगी खाने केको आस
पतिॅ छोडि बाझै हीडेउ
तिम्ले पढी के पो गर्यो ?
बर्गलायौ इ गाउले सारा
खुकुरीले तर्साई नारा
भोट लियौ चोट दियौ
हत्याको किन अभिशाप् लियौ ?
कता मेरो प्रजातन्त्र !
तिमि कामी हन्त हन्त
जागी कहिले उठने होला
यो चोट कहिले सुक्ने होला
न रोउँ ! आँशु बग्छ भल् भल्
कसले हाल्ने अब मल जल
धरति सारा सुक्ने भो
जाली नेता फुक्ने भो
दुनियाँ किन मर्ने हो
चेत जगाउ कुर्ल हो !
