देश छ, म छु, सबै उस्तै छ
अन्न घट्छ, युवा घट्छन्
बिदेशको शरणमा नेता झर्छ
टाउको तलमाथि, हाम्रो कता पर्छ !
दुख छ, हाम्रो आफ्नै छ
निचका हातमा देश छ
झुन्डियार टाउकाहरू
उ अझै सिङ्नाद गर्छ !
बालकका चित्कारहरू छन्
आमाका गुहारहरू छन्
निर्जन बस्तीहरूमा, देशका जवानहरू छन्
बोल्दैन सर्कार् हेर्दैन् उ, सब विवश र लाचार छन् !
