Skip to content

जिन्दगी, अल्झी रहेछ !


आज बज्दैनन्न किन, मनका तारहरू
बिरही गीत झै दिलका झन्कारहरू
सम्झेकै छु, सम्झेकै हुँ
आज मन पुरानो भएर हेरिरहेछ
हर पलका ईच्छाहरू, हराउदै गए झै
दूर दिनका सम्झना ले पोलिरहेछ
इच्छा का थुप्राहरूले, खोजिरहेछ
आज मन पुरानु भएर हेरिरहेछ
पर्खेर अरुलाई बाँच्नु,
मुर्दा हुनु हो कि?
शरीर साररहित बने झै
केबल मुर्तिको रुप जीवन
आफैँमा बिप्लव भय झै
आफैँ परिवेशमा अल्झिरहे झै
दु:खको सागरमा पौडनुको पीडा,
आफैँ संगेलिरहेछु
म बुद्ध हुन नसकेर
बेहोरिरहेछु, यी पीडाहरू
यी यादहरू,
यी ताडनहरू
शरीराका भोगीय इच्छामा
म गुजुल्टिरहेछु
र म, फुकाउन खोज्छु
यी दु:खका चाहहरू
यी दु:खका बाहनहरू !
अल्झदै छ किन होला
आफैं बिस्मयमा,
जिन्दगी ! रोइदिन्छ !
इच्छाहरूमा गुजुल्टिएर
अल्झिदै छ,
जाल्मा परेको माछो भएर
शक्तिहिन !
जिन्दगी, आफैँमा, अल्झिरहेछ
अल्झिरहेछ !
अल्झिरहेछ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *