हरेक मनमा आँखा भए, देख्थियो, मेरो छाती
कस्को लागि धडकिएछ, को छ गजुरमाथि
कत्ति रोयो, आँखा धोयो, झरे सरी, झरी
कहाँ होला आउला कहिले, मेरो मन्को परी
हेरछु आफ्नै आँखालाई, कतै पित भयो कि?
सँगालेर राखेको मन, कतै सुक्ने शित भयो कि?
छामेर थाकेको छु, चहराएको छाती
ठानेथें मलम, ग डेर कतै खील भयो कि?
Jan 08
