Skip to content

खोजी हिडें माया


मनभरि सँगालेर, बसेथें, म माया
रात-दिन अङालोमा, राखेथें, मैले माया
बिरानु भई गयौ कता? खोजी हिडें माया
तिम्रै लागि बाँची रैछु, सम्झी सम्झी माया ।

ती तिम्रा ईसारामा, डुबेको छु म
पिएर बिष प्याला, जिउदै छु म
हर बाटाहरूमा तेर्साएका, काँडाहरू
नाघेरै पनि, बडेकै छु म !

हारेर जिउनु को, हरराग तिमीमा
बाँच्नुको हर ब्यन्जना, पाएछु तिमीमा
न चिम्ले तिमीले, आँखा कतै
हर भाव समेटेर, राखेको छु तिमीमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *