नब्युत्याउ ! म भै सकेछु मुर्दा
अब बौरिन्न म ! यो श्मसानमा
जली रहेछन चिता, असहाय, तन्हाको
खोजन बाँच्ने, चाहनाको !
वाध्य छ बिदेसिन
सरकारको अल्पत्रको !
बन्दी छ सधैं सधैंं
झुटको खेतीको !
अस्मिताको चिरहरण हुन्छ
जहाँ सजिबहरू, निर्जीव छन
बस्तु छ राजनीति
मोलमोलाई छ जनताको
बाच्ने लोभमा
खसाल्छन् भोट,
चिन्तन्हरू मरिसकेको छ !
भो न भन बाँच्नु पर्छ
भो न भन हाँस्नु पर्छ
निष्प्राण जिन्दगि
भो न भन गर्नु छ
भो न भन जुटनु छ
बग्रेलति लागेर ओरालो
लाहुर को बाटो मा
देश रमेछ
सरकार रमेछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *