Skip to content

तिम्रो हृदयको घाऊ बन्न


मुखले जाऊ भने पनि
गारो हुन्छ मनले भन्न,
म पनि चाहान्न हेर
तिम्रो हृदयको घाऊ बन्न ।।१।।

काकताली भेट् भई तिमी
काउसो लागेकी थियौ म माथि
सक्दिन होला साथ दिन भन्दा
भन्थेउ तिम्रो म छ जाती ।।२।।

सोचेँ साँच्चै कुलीन होली
त्यसैले सकिन जाऊ भन्न
म पनि चाहान्न हेर
तिम्रो हृदयको घाऊ बन्न।।३।।

जिस्की तिम्रो नजिक गई
नलाउनु माया लाई हालेँ
धड्कन सम्झी मनमा राखेथेँ
तिमी बाटै घात पाई हालेँ ।।४।।

दुखाई दुखाई मन कसैको
मन छैन मनकै साऊ बन्न,
म पनि चाहान्न हेर
तिम्रो हृदयको घाऊ बन्न ।।५।।

हातमा लिई अमृत मैले
गरेँ मायाको अमृतपान
जिवन यो अर्पित गरेथेँ
बनाई मनमा ठुलै शान ।।६।।

अर्धचेतन रैछऊ तिमी
मैले चाहिन आऊ भन्न
म पनि चाहान्न हेर
तिम्रो हृदयको घाऊ बन्न ।।७।।

मुखले जाऊ भने पनि
गारो हुन्छ मनले भन्न,
म पनि चाहान्न हेर
तिम्रो हृदयको घाऊ बन्न …….. दपर्ण

1 thought on “तिम्रो हृदयको घाऊ बन्न”

  1. bharat ji
    राम्रो तर नपुग धेरै छ ! मलाई लाग्छ तपाईको यो भावना एउटा अर्को भावना बाट प्रेरीत भएको उपज हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *