Skip to content

यो वर्ष त हे भगवान बनोस् संविधान !


आउने बर्ष शान्ति र संविधान
बनोस हाम्रो देशमा,
चोर, डाका, फटाहा र गुण्डा
नघुसुन जोगीको भेषमा,
देश खाई शेष भएका,
नेताहरूको बुद्धि आओस्
बुद्ध जन्मेको हाम्रो देशमा
फेरि एकपटक शान्ति छाओस् ।

कुर्दा कुदै आँखा पनि
अब थाकिसके,
सुन्दा सुन्दै शान्ति र संविधान
कान नै पाकिसके,
निकाश खोज्न यो देशलाई
हामी आफैं सहाश गरौं,
देशका नेताले ल्याएनन् संविधान
अब आफैं अघि बढौं ।

पुरा गरौ कर्तव्य आ-आफनै क्षेत्रबाट
बनाउनु छ भाईचार अनि मित्रवत
आज जोडी भोलि छुट्ने नाता नजोडियोस्
जोडे पछि नेपालीको नाता नटोडियोस्
आरामदायी जिवन छोडी आरक्षण गरौं देशलाई,
जातजाति सबै मिली अब चिनाउँ देशलाई ।

जातिय संघियता भनी आफैंले
विखण्डनको खाल्टो नखनौं,
बाइसी चौबिसी राज्य जस्तै
देशलाई टुक्रा टुक्रा नपारौं,
अब लम्कौं विकासको बाटोमा,
शान्ति ल्याउँ द्वन्द्वको साटोमा ।

यसले यसो गर्यो उसले त्यसो गर्यो
भनी आरोप लगाउनु भन्दा,
आखिर नेता नेता नै मिली
गदैछौं गुण्डा गर्दीको धन्दा,
तिमीहरू देशका अभिभावक
तैपनि बोल्छौं अशिल्ल शब्द,
अब भद्र बनी तिमी
देशलाई अघि लान्न सिक ।

गल्ती भनेको गल्ती नै हो,
ठुलो होस या सानो होस्
देशका हर्ता कर्ता बनी
नखाऊ है देशमा घुस,
लडेकी छन नेपाल आमा
पानी पिलाई आशिर्वाद लेऊ,
रिती सक्यो देश अब
बिन्ति शान्ति र संविधान देऊ ।

जिउँदा सहिद लम्पसार परी
लडेका छन अझैं खाटमा,
सम्झी आफ्नो सहिद छोरो
रुँदिहुन ती आमा नि रातमा,
टुहुरा भए बाल बच्चा नि
कोही छैनन् तिनका साथमा,
सहिदले बगाएको रगत व्यर्थै
खेर गयो कालो सडकमा,

नयाँ नेपाल, लोकतन्त्र अनि गणतन्त्र,
खै आजकाल देखिन कता गयो यतिखेर,
हामीले राख्न सकेनौ साँच्चै सहिदको त्यो मान
यो वर्ष त हे भगवान बनोस् संविधान !

अन्त्यमा
शुभकामना शुभकामना सयौं कामना सबैलाई
अब आउने नयाँ वर्षको शुभकामना सबैलाई
मझेरीका साथी अनि प्यारो मझेरीलाई………!

दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *