Skip to content

मनमा माया साँचेर धेरै


मनमा माया साँचेर धेरै
म तिम्रै हो नि भन्दिनौं,
बन्द गरेको मनको ढोका
खोली तिमी किन बोल्दिनौं ।।१।।

प्यास लाग्दा खोला होईन
तिमी आफैं धाउनै पर्छ,
मनको कुरा ओठमा ल्याई
तिमीले गीत गाउनै पर्छ ।।२।।

गाँठो पारी मनमा माया
तैपनि मनको कुरा खोल्दिनौं,
बन्द गरेको मनको ढोका
खोली तिमी किन बोल्दिनौं ।।३।।

नजिक आउन मेरो तिमीलाई
किन कसैको डर छ र !
नभनी नभनी त्यो मनको कुरा
त्यसै यो मनमा सर छ र ।।४।।

हेर्दा हेरदै वषौं बितायौं
अब नि माया गर्छु भन्दिनौं,
बन्द गरेको मनको ढोका
खोली तिमी किन बोल्दिनौं ।।५।।

मनमा माया साँचेर धेरै
म तिम्रै हो नि भन्दिनौं,
बन्द गरेको मनको ढोका
खोली तिमी किन बोल्दिनौं ।

दपर्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *