Skip to content

nice.vharat

BharatTimalsina

सुने टाढा हुदाँ म अन्तै पाऊ लागेछ

सुने टाढा हुदाँ म अन्तै पाऊ लागेछ ।
छानी छानी माया लाउनु दाऊ लागेछ ।

वाण ताकी मुटु माझ तीर हानी जाँदा
बग्दै छोड्यो रगत ठूलै घाऊ लागेछ ।

एउटै तिमीले दिएको चिनो प्रेम–पत्र
साँच्दा साँच्दै त्यसमा आज माऊ लागेछ ।

नदि यता नदि उता माया खोज्दै हिड्दा
तिम्लाई चिठ्ठा साँच्चै ठूलै नाऊ लागेछ ।

सजावटी वस्तु सरी बजारमा सजिदा
तिम्रो नि आजकाल कत्रो भाऊ लागेछ ।………दर्पण

आत्माले नै आत्मा यो

आत्माले नै आत्मा यो, जोडी स्वर्ग तरुँला ।
स्वार्थी भो यो दुनियाँ, छोडी स्वर्ग तरुँला ।

मेरो साथ तिमीलाई नि स्वीकार्य भए
आफन्तको नाता पनि, तोडी स्वर्ग तरुँला ।

देश डुब्ब्दैछ साँच्चै अब हेरेर हुन्न

मुक्तिका लागि कागजमा केरेर हुन्न ।
देश डुब्ब्दैछ साँच्चै अब हेरेर हुन्न ।

विस्तारै देश खोक्रो पार्ने धमिरालाई
आगो लाई डढाऔं बरु घेरेर हुन्न ।

आमा तिम्रो काखमा मर्ने

आमा तिम्रो काखमा मर्ने, आस मात्रै हो ।
आउँन् होला जिउँदो फर्की, लास मात्रै हो ।

यी आँखामा देख्छु सधैं मातृभूमि नेपाल,
मन उडी उतै विदेशको, बास मात्रै हो ।

तीन मुक्तक (कहिले काँही भड्कने, नियतिले आज जीवन, मुटुभित्र पोल्छ माया)

(१)
कहिले काँही भड्कने नि मुटु एउटै ।
प्रीत लाउने धड्कने नि मुटु एउटै ।
अतित्तका घाउहरू बल्झिआउँदा,
चस्स गर्दै चड्कने नि मुटु एउटै ।

मुटुभरि माया साँच्ची

मुटुभरि माया साँच्ची लुकाएँ कि कतै ?
प्रीतको गाँठो जानेर, फुकाएँ कि कतै ?

स्वास बनी तिम्रो धड्कनमा भित्र पस्दा
ढुकढुक गर्ने मुट त्यो, रुकाएँ कि कतै ?

मन मुटु नै छुटाएर

मन मुटु नै छुटाएर, तिम्ले चिरा पार्यौ ।
बेइमानीको याद यहाँ, माया अन्तै सार्यौ ।।

तिम्रो धर लान्छु भन्थ्यौं, सिउँदो रङगाएर
आज एक्लै हिड्यौ आफैं, बाटो बङगाएर
रुवाएरै तिम्ले आफ्नो, ओठमा हाँसो भर्यौ ।
बेइमानीको याद यहाँ, माया अन्तै सार्यौ ।।

सिउँदोमा सिन्दुर भराई

सिउँदोमा सिन्दुर भराई पराई कै भयौं ।
घातगरी छोडीजाने कस्तो माया लायौं ।

तिमी डोली चढी जाने बाटो नछेकुँला
पर्खाल बनी उमङ्गका पाइला नरुकुँला
बिदाइमा रुवाई तिम्ले, खुसी लिई गयौ
घात गरी छोडी जाने, कस्तो माया लायौं ।

एकजुट भई बनाउँ देश

अब नहिँने सही बाटो
हिँडने चाहिँ कैहिल्यै हो,
एकजुट भई बनाउँ देश
देखाउने बेला अहिल्यै हो ।।१।।

देश रहे हामी रहन्छौं
अनि रहला संस्कृति,
दाजुभाई नल्याउ है
बिन्ती देशमा विकृति ।।२।।

मुटु मेरो पोल्यो मनमा

मुटु मेरो पोल्यो मनमा आगो बालिदिँदा ।
मेरो छातीमाथि तिम्ले पाइला चालिदिँदा ।

सानु दिलमा राज गर्ने रहर मात्र भो,
बन्द गरी दिलको ढोका तिम्ले टालिदिँदा ।

फूल बनी फुली दियौ

फूल बनी फुलिदियौ, काडाँहरूको माझमा ।
तारा बनी उदाई दियौ, जुनेली त्यो साझँमा ।

रुर्दा आँसु पुछिदिन्छौं, हातमा हात समाएर
दुःखी हुदाँ पनि हाँस्छौ, मन आफ्नै थमाएर
भाग्यले नै पाएँ क्यारे, यस्ती माया साथमा
तारा बनी उदाई दियौ, जुनेली त्यो साझँमा ।

फुल्दा फुल्दै प्रीत हाम्रो

फुल्दा फुल्दै प्रीत हाम्रो, भुईँमा झरी ओइली गयो ।
अमृत मानी पिएँ माया, विष बनी मनमै रह्यो ।

प्रेम अनि युद्धमा त, सबै कुरा जायज भन्थे
देउता बस्छन् मन्दिरमा, माया बस्छ मनमा भन्थे
न बनाउन सकेँ मन्दिर, न माया दिलमै सजाउन
न त सकेँ तिम्रो मनमा, विश्वासको दियो बलाउन ।

मुल बाटो तिम्रो भागमा

मुल बाटो तिम्रो भागमा गोरेटो चाहिँ मलाई पर्यो
जस्को माया पाउनु पर्ने उस्कै माया अन्तै सर्यो

मलाई सधैं बिसिएर मन बुझाउन सक्छौं भने
म बिना नि तिमी एक्लै रमाउन सक्छौं भने
तिम्रा लागि जुनी फेरि, फेरि म नै जन्म लिउँला
संसारका सारा खुसी सके तिम्रै पाउमा दिउँला

सुख्खा थिए यी आँखा

तिमीले सर्त राखी माया
लाउँदा मान्नु भुल भयो,
सुख्खा थिए यी आँखा नि
आँसु झर्दा मुल भयो ।।१।।

सारथी बन्छु भन्थैं जीवनको
सुःख दःखमा साथ दिन्छु,
तिमी ठोकिएर लडन् खोजे
कहिल्यै नछुटने यी हात दिन्छु ।।२।।

तीन मुक्तक (वचनको त्यो तिरले मलाई, तिम्रो घरको बाटो, पिउँदै नपीई तिमीलाई)

(१)
बारम्बार किन हान्छौ वचनको त्यो तीरले मलाई ।
बरु रोप सक्छौ भने तिमी तातो झिरले मलाई ।
पलपल आजकाल तिम्रो यादमा तड्पी बाँच्चि राछु,
एकै पटक मर्छु बरु किन मार्छौं पिरले मलाई ।

तिम्रो मात्र नाता किन संसारको नै तोड्दै छु

तिमीले मलाई छाड्यौ भन्थ्यौ
म नै दुनियाँ छोड्दै छु ।
तिम्रो मात्र नाता किन,
संसारको नै तोड्दै छु ।।१।।

यति चाँडै थाहा थिएन
मैले संसार छोडनु पर्छ,
तिम्रो मेरा प्रीतको नाता
बिचमा मैले तोड्नु पर्छ ।।२।।

धर्ती हाम्री माता जननी

धर्ती हाम्री माता जननी
हिमाल सबैको शिरको टोपी,
हामी सबै अधि बढौं
अब शान्तिको बिऊ रोपी ।।१।।

बाउन क्षेत्री नेवार भन्छौं
मधेसी तामाङ्ग लिम्बू राई,
किन कुरा बुझदैनौं अब नि
हामी सबै भाइ–भाइ ।।२।।

तिम्रो नाम मनले मुटुमा भर्न लाग्यो

तिम्रो नाम मनले मुटुमा भर्न लाग्यो ।
मायामा फसेर लौन ज्यानै मर्न लाग्यो ।

उनको नयन मृगनयनी रुप छ उद्धिप्त
उनलाई देखि दुनियाँ लठै पर्न लाग्यो ।