देवी देउता भाकल गरी
फूल अक्षता चढाएको थिएँ,
मैले नजानेर हैन बुझ्यौं
जानेर माया लगाएको थिएँ ।।१।।
सानो थियो मायाको भँगालो
ठूलो बनाई तानेकी रैछौ
मनपेट पाई तिमी आफैले
मोहनी मन्त्रले हानेकी रैछौ ।।२।।
त्यसैले होला कति रात
नाम लिई कराएको थिएँ
एकोहोरो टोलाई म पनि
तिम्रै मायामा हराएको थिएँ ।।३।।
किन परर्खन सकिनौ मान्छे
माया किनबेचको बनायौ पसल
परिशेष मात्र बाँकी रह्यो
त्यसमा पलेन कुनै फसल ।।४।।
मेहनत गरी-गरी आफैंले
उर्वर भूमि बनाएको थिएँ
गोडमेल गर्दा मायाको कतै
सुक्छकी बोट डराएको थिएँ ।।५।।
सबथोक माने आज तिमीले
भन्यौ मायाको अर्थ थाहाछैन
बच्चै रैछ्यौ तिमी बुझ्यौं
माया लाउने बेला भा’छैन ।।६।।
घोचपेच जति गरे नि के भो
दिलमा तिमीलाई सजाएको थिएँ
पराईधन हुनु रैछ आखिर
मैले त मन पराएको थिएँ ।।७ ।।
देवी देउता भाकल गरी
फूल अक्षता चढाएको थिएँ,
मैले नजानेर हैन बुझ्यौं
जानेर माया लगाएको थिएँ
दर्पण

THANK U
O MAN6E YASTO YASTO KABITA LEKHNE