Skip to content

त्यसैले मायामा हराएकी छे


दिलमा माया लुकाउनेले सधैं, सुन्छु धनमा लुकाएकी छे ।
मनबाट झिकी माया प्रेमलाई, घाममा लगी सुकाएकी छे ।

लाऊन सम्म लाई माया, नजिक हुदाँ मसँग नि
धेरै भोरे अब माया, त्यसैले आजकाल फुकाएकी छे ।

हरपल रोदनमा रम्ने मन, ओठमा मूस्कान ल्याई उसैले
तीर हानी मुटुमा फेरि, सिउँदो अरुकै भराएकी छे ।

भेट हुदाँ चौतारीमा भन्थी, माया गाँस्दा देउराली भन्थी
तिमी बिना बाँच्दिन भन्नेले, अन्तै घरजम बसाएकी छे ।

खेल खेलायौ मायाको भने, एकदिन तिमीलाई जित्छु भन्थी
सायद उसैले जिती होला, त्यसैले मायामा हराएकी छे ।

दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *