सधैं भरी माईती घर यसरी नै बस्छौं की सानी ।
प्रेमको गाँठो खुकुलो भो अब तिमी कस्छौं की सानी ।
सुटुकै मेरो मुटुमा गईछौ थाहै नपाई दिलमा छाइयौं,
नक्कली आँखा झिम्काई,मोहनी मन्त्रले हान्छौं की सानी ।
गाजलु तिम्रा ती नयन राम्रा,वैशालु त्यो ओठ देख्दा,
वरिपरी घुम्छन् भमरा घेरै,कहीँ त्यसैमा फस्छौं की सानी ।
जहिले गए पनि जानुछ एकदिन तिमी पराई घर,
किन ढिला गछौ अब मेरै घर पस्छौं की सानी ।
सघैं भरी खुसी दिउँला तिम्रै मायाँमा वेहोसी होउँला,
विचार गर म संग तिमी लगनगाँठो कस्छौं की सानी ।… दर्पण
