Skip to content

एउटा मेरो चिनो लिएर ,एउटा ज्योति लिएर
नफर्कने बाचा गरेर उनि हराईन
मैले दिएको घाऊ लिएर ,मलाई अर्को पिडा दिएर
नआउने बाटो गरेर उनि गईन
पर्ख भनेर हात समाऊन नपाउदै छुटी सकेछन
नतमस्तक बनेर बसी रहे मेरा जाली आँखा हरू
माफी माग्ने हत्तार हुदा हुदै टुटी सकेछन
तारा बनेर बसिन उनि म भए उजाड पाखाहरू
उनका मन बचन पोखीदिए लोटाउन मिलेन आसा
भिजेका थिए आँखाहरू ओभाएंन उनि जादा पनि
कुस्ट एउटा पापी मन लिएर बाचेको छु
प्रायेस्चित को भुमरी मा अल्झीएर
उनको छाया खोज्दै नचिनेका गल्लि संग
उनका माया खोज्दै देख्ने अन्धो बनेको छु
बिना यात्रा को यात्री बन्दै
सास बिताउने बाटो खोज्दै छु
सायद कतै बिस्राम मिल्ने हो कि

Leave a Reply

Your email address will not be published. Required fields are marked *