कुरा धेरै पटक भयो अनि सम्झौता पनि
मेरो बेहोसीमा तिमी अचानो भएको
मेरो बेहोसीले तिम्रो आदर्श कुल्चेपछि
अझ पनि किन मौन साथी
तिम्रो सालिनतामा मानौ सागर देख्छु
तिम्रो आँखामा मेरो लागि साथी देख्छु
काडामा नै फुल्छन फूलहरू
यो आखिरी शब्दहरू
यो अन्तिम बेहोसी हरू
त्यो अध्यारो रात थियो
हिड्ने बाटो भेटेको थिन
हातमा टुकी लिएर उज्यालो देख्दै छु
अब ठोकिएर फेरि लड्दिन
बेहोसीमा दुखेका तिम्रो मनहरू
टालटूल गर्ने कोसिस गर्छु
खराब मान्छे भनेर नभन ल
यस्तै भयो नजानेर भयो
अब जानेर पनि बेहोसी हुदिन
एउटा अठोट अनि बाचा भयो तिमीसँग
छेपाराको कथा जस्तो हुने छैन
बस बेहोसीलाई पुर्णबिराम
