देख्दिनौ तिमीले मलाई अब बाटो अनि देख्दिनौ माटोमा
भुल्ने रहर तिम्रो थियो पुरा हुने भयो अब
बाटो घाटो सबैतिर खुल्ला हुने भयो अब
पुजा गर्थे तिम्रै नामको पत्तो पाइन घात हुने
कस्तो साथ दियौ तिम्ले सधैँभरि रात हुने
मिल्छ भने मनमा पनि मेरो नाम जलाई दिनु
मेरो छाया कतै देखे त्यसलाई पनि बगाई दिनु
देख्दिनौ तिमीले मलाई अब बाटो अनि देख्दिनौ माटोमा
भुल्ने रहर तिम्रो थियो पुरा हुने भयो अब
बाटो घाटो सबैतिर खुल्ला हुने भयो अब
सुन चादी ठुलो भयो घटी रहिछ मेरो माया
सुख सएल मन पर्यो तिमीलाई दाया बाया
रुने पालो अब तिम्रो दोसी म त छोडी गए
सबै नाता जिन्दगीको मैले सबै तोडी गए
देख्दिनौ तिमीले मलाई अब बाटो अनि देख्दिनौ माटोमा
भुल्ने रहर तिम्रो थियो पुरा हुने भयो अब
बाटो घाटो सबैतिर खुल्ला हुने भयो अब
धेरै कसम खाकी थियौ छुट्ने बेला दौतारीमा
फर्की आउने छैन अब भेटेको त्यो चौतारीमा
कसम खाने खेल खेलेउ किनारामा एक्लै छाडी
छिया छिया बनाईदियौ मेरो मुटु टुक्रा पारी
देख्दिनौ तिमीले मलाई अब बाटो अनि देख्दिनौ माटोमा
भुल्ने रहर तिम्रो थियो पुरा हुने भयो अब
बाटो घाटो सबैतिर खुल्ला हुने भयो अब
