फूलै तिमी सुहाउने किन फुल्यौ काडासँग
भाचिएको पुल जस्तो नाता पर्यो तिमीसँग
तड्पिएर बसेकी छ्यौ धेरै पटक मर्दै मर्दै
आँशु पनि सुके होलान मेरो बाटो हेर्दा हेर्दै
बिधुवाको जिन्दगी छ सिउदोभरि सिन्दुर हुँदा
मुर्ती जस्तै भएकी छौ सुहागले शरिर छुदा
धेरै माया किन गरौ भुल्ने गारो हुन्थ्यो भने
मबिनाको जीवन तिम्लाई जिउन सारो हुन्थ्यो भने
फूल जस्तो मन तिम्रो ढुंगासँग फुलेकी छौ
आफ्नो जीवन आफैदेखि भुलेकी छौ
तौलिदिने तराजुले मलाई खोस्यो तिमीबाट
छुटै बाटो हिड्नु पर्ने बचन माग्नु पर्यो तिमीबाट
