Skip to content


फूलै तिमी सुहाउने किन फुल्यौ काडासँग
भाचिएको पुल जस्तो नाता पर्यो तिमीसँग
तड्पिएर बसेकी छ्यौ धेरै पटक मर्दै मर्दै
आँशु पनि सुके होलान मेरो बाटो हेर्दा हेर्दै

बिधुवाको जिन्दगी छ सिउदोभरि सिन्दुर हुँदा
मुर्ती जस्तै भएकी छौ सुहागले शरिर छुदा
धेरै माया किन गरौ भुल्ने गारो हुन्थ्यो भने
मबिनाको जीवन तिम्लाई जिउन सारो हुन्थ्यो भने

फूल जस्तो मन तिम्रो ढुंगासँग फुलेकी छौ
आफ्नो जीवन आफैदेखि भुलेकी छौ
तौलिदिने तराजुले मलाई खोस्यो तिमीबाट
छुटै बाटो हिड्नु पर्ने बचन माग्नु पर्यो तिमीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *