Skip to content


सुखमा छ कि दुखमा छ, आँसुमा छ कि हासोमा छ
हराएको मेरो देश साथी तिम्रो पोल्टामा छ कि !!

पीडामा थल्थलिएर जिउदो शरीर बाँचेकी
बिमारी मेरो देश साथी तिम्रो फोक्सामा छ कि !!

आफ्नै बीच काटमार देख्न नसकेकी उनको मन
घायल मेरो देश साथी तिम्रो खोल्सामा छ कि !!

तिमीले खाएर मात्र अगाउने उनको ममता
शान्त मेरो देश साथी तिम्रो पोल्टामा छ कि !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *