Skip to content


पर्खी बस मेरी माया पक्कै आउछु अर्को साल
बुन्या छैन मैले कुनै यता अरू नया जाल
माछा बिनाको एक्लो जीवन फिका फिका हुदो होला
साँझ पख मेरै गीतमा आँधीखोला रुदो होला ।

नआएको होइन याद, याद भित्रै मरेको छु
फूल जस्तै ओइलाएर धेरै पटक झरेको छु
सबै भाग्य एउतै हुन्न, वारी पारी हुनु पर्छ
सबै आँखा खुसि हुन्न, पालै पालो रुनु पर्छ ।

भाग्य लेक्ने तराजुले घटी बढ़ी गरेको छ
मलाई जस्तो यता प्रिये तिम्लाई त्यता परेको छ
मनले बाजी हार्नु हुन्न ज्यानलाई दुख परे पनि
जति टाढा माया गाढा मनलाई सुख परे पनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *