Skip to content

कति प्रहरहरू जागेर बिते मेरा

कति प्रहरहरू जागेर बिते मेरा
कतिरहरहरू गुम्सेर बिते मेरा

धेरै धन कमाउने आशाहरू मा
कति शहरहरू घुमेर बिते मेरा

पानी सरी धेरै आँसु बगाएँ मैले
कति जहरहरू पिएर बिते मेरा

कल्पना आँउदा ती मिठा सपना
कति लहरहरू भुलेर बिते मेरा

वसन्तको हरियालीहरूमा पनि
कति बहारहरू सुकेर बिते मेरा

सनम गोले
दामन मकावनपुर
हाल मलेशिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *