मेरी मनकी रानी हौ तिमी
दुई आँखाकी नानी हौ तिमी
मुटुनै शितल गराउने आह
सफा मुहानकी पानी हौ तिमी
जति लगाएपनि नसकिने
चोखो मायाकी खानी हौ तिमी
तिमीलाई के उपनाम दिउ म
काली नेप्टी सानी हौ तिमी
मेरो निम्ति चोखो माया दिने
ठुलो हृदयकी दानी हौ तिमी
सनम गोले
दामन मकवानपुर
हाल मलेशिया
