Skip to content

तीन मुक्तक (यादमा डुब्नुको मज्जा बेग्लै, चुनाव आँउदै छ रे, बिदेशीले पेल्दैछ )


तिम्रो यादहरूमा डुब्नुको मज्जा बेग्लै
नतमस्तक बन्दै झुक्नुको मज्जा बेग्लै
तिम्रो नशालु आँखाको गहिराईमा डुब्दै
बेहोस बेहोस भै चुम्नुको मज्जा बेग्लै

देशमा फेरि चुनाव आँउदै छ रे
फटाह नेता गाउँ शहर धाँउदै छ रे
फेरि एकपटक भोट दिनु पर्यो भन्दै
झुट आस्वासनका नारा लाँउदै छ रे

दक्षिणबाट बिदेशीले पेल्दैछ
नेपाली भूमिमा परेट खेल्दैछ
हाम्रा नेता, सरकार किन चुपछन
नेपालीको अस्थित्व पर ठेल्दैछ

सनम गोले
दामन मकावनपुर
हाल मलेशिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *