मेरो निद्रा खलबल पार्ने मायालु
शान्त मन हलचल पार्ने मायालु
तिमीलाई के भनी बोलाँउ खै म
मेरो प्रेममा जलथल पार्ने मायालु
सुन्दर प्रकृतिको वहार पो हौ.. कि?
मेरो जीवनमा मलजल पार्ने मायालु
कहिले नमेटिने मृगतृष्णा झैं लाग्यो
सम्झनाले सधैं झलझल पार्ने मायालु
छाड्न नसकिने लत पर्यो कि तिमी
छाडेपछि किन तलतल पार्ने मायालु
सनम गोले
दामन मकावनपुर
हाल मलेशिया
