Skip to content

मेरा सारा ईच्छाहरू लुटेर गयौ


मेरा सारा ईच्छाहरू लुटेर गयौ
असिना पानीले झैं चुटेर गयौ

दुई दिनको रमझम ठान्यौ माया
टुक्क्रटुक्क्र ऐना जस्तै फुटेर गयौ

दिगो भएन किन मिलन हाम्रो
दुई किनारा नदी झैं छुटेर गयौ

खुशी सारा तिम्रौ रहेछ प्रियसबै
दुखको रापमा मलाई भुटेर गयौ

कहिले निको नहुने घाउ बनाई
बदनामीको पुरस्कारले कुटेर गयौ

सनम गोले
दामन मकावनपुर
हाल मलेशिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *