Skip to content

विदेशमा नेपाली कुटिन्छ आमा


विदेशमा नेपाली कुटिन्छ आमा
हिड्दा हिड्दैनै लुटिन्छ आमा

जे पनि हत्तार हत्तार गर्नुछ यहाँ
ढिला गरे डिउडी छुटिन्छ आमा

आराम शितल कहिले पाउने हैन
चर्को घाममा संधै भुटिन्छ आमा

मिलेर बस्न सक्दैन्न कोही खै किन
भाइ भाइनै लड्न जुटिन्छ आमा

भोलि के हुन्छ यहाँ थाहा छैन नि
विश्वासको पर्खाल टुटिन्छ आमा

सनम गोले
दामन मकावनपुर
हाल मलेशिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *