आँउछु भनी बाचा गर्यौ फर्केर आएनौ
हरायौ कि त्यो भीडमा कि ? तर्केर आएनौ
मिठ्ठो बचन गरेकै थिए केही कमी भो
रिसायौ कि त मसँग तिमी झर्केर आएनौ
सपना पनि नराम्रो देख्छु खतहुने पाराको
लड्यौ कि जंघारबाट तिमी मर्केर आएनौ
लायो कि कुरा वैरीले कतै चाहिदो नचाहिदो
कि देखे पनि नदेखे झैं गरी कर्केर आएनौ
सबैको रगत उस्तै हुन्छ को ठुलो को सानो ?
अछुत भनी कि? सुनपानी छर्केर आएनौ
सनम गोले
दामन मकावनपुर
हाल मलेशिया
