याद आउँछ मायालु तिम्रो प्रत्येकपल साँझमा
बसेकी छौ अटल बनी तिमी हृदयको माँझमा
तिमी हाँस्दा उदाउँछ घाम मेरो हर बिहानीको
तिमी रूँदा सल्किरहन्छु भुप्रो जस्तै खरानीको
हेरिरहन पाए हुन्थ्यो प्रत्येक पल पल साथमा
बसेकी छौ अटल बनी तिमी हृदयको माँझमा
अधुरो हुन्छ तिमीबिना जिन्दगीका गोरेटोहरू
स्पर्श बिना बितिदिन्छ चिसोचिसो सिरेटोहरू
तिम्रौ नाम जप्दै बस्छु सुन प्रत्येक पल रातमा
बसेकी छौ अटल बनी तिमी हृदयको माँझमा
यादआउँछ मायालु तिम्रो प्रत्येक पल साँझमा
बसेकी छौ अटल बनी तिमी हृदयको माँझमा
सनम गोले
दामन मकावनपुर
हाल मलेशिया
First published : 2013-06-28 21:24:35 +0900
