घामछाया यो जिन्दगीको डुलेको देखिन्छ
मधेसबाट हेर हिमाल खुलेको देखिन्छ
झर्दै आउनू पहाडबाट नदी संगसंगै-
हिउँबेसीमा धानका बाला झुलेको देखिन्छ
बाटैबाट भिरफूलहरुलाई हेरी दिए पुग्छ
दु:खहरुको बिचमा जीवन फुलेको देखिन्छ
यै आँसुको घर आउनू तगारो खोलेर
घरबारीको माया मुटुमा घुलेको देखिन्छ