Skip to content

भावहीन

SharanAanshu

मेरो गाउँका गीतहरू खसाल्दै
मेरो हृदयका प्रीतहरू पोख्दै
उडिरहेका चराहरू

प्याउलीका फूलहरुमा
झर्दै गरेका
कलिलो घामका किरणहरू

खोला, झरना, डाँडापाखा :
र उत्सवमय
रहरहरू

कालीलेक:
काफल ऐसेलुका हरफहरू

झम्केसाँझ,

झ्याउँकिरीका उन्मुक्त रागहरू

खुशी छरिएको
गृष्ममेला

यी सबैसित म
रमाएर
वनभरि नाच्दै हिंड़थें होला-
मेरी आमाको गाथमा
आराम भए !

म भावहीन मुद्रामा
सोचिरहेछु।

शरण आँसु

Leave a Reply

Your email address will not be published. Required fields are marked *