Skip to content

भीरमा एक्लै हिँड्न हुन्न भन्छौ


भीरमा एक्लै हिँड्न हुन्न भन्छौ
पीरमा एक्लै हिँड्न हुन्न भन्छौ

बाटो छ नदीको किनारै किनारा
तीरमा एक्लै हिँड्न हुन्न भन्छौ

मखमल ओछ्याउँथें तिमी आउने बाटोमा
चिरमा एक्लै हिँड्न हुन्न भन्छौ

बिना आँसु यो ठाडो उकालो काटिसकेसि
शिरमा एक्लै हिँड्न हुन्न भन्छौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *