Skip to content

घामछाया यो जिन्दगीको

घामछाया यो जिन्दगीको डुलेको देखिन्छ
मधेसबाट हेर हिमाल खुलेको देखिन्छ

झर्दै आउनू पहाडबाट नदी संगसंगै-
हिउँबेसीमा धानका बाला झुलेको देखिन्छ

बाटैबाट भिरफूलहरुलाई हेरी दिए पुग्छ
दु:खहरुको बिचमा जीवन फुलेको देखिन्छ

यै आँसुको घर आउनू तगारो खोलेर
घरबारीको माया मुटुमा घुलेको देखिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *