अन्दङ,
सेक्मुरी,
सिङ्जाङ्गो,
मारोती,
यस्तै यस्तै..
अनगिन्ती सुन्दर फूलहरू
मिठो सुगन्ध लिएर
सम्भारको अभावमा पनि
आफ्नो पहिचानको
ढुकढुकी बाचाउदै
ईतिहास बोकेर
हिमाल,
पहाड,
तराइको
भीर, काल्ला
आगनिको डिलहरूमा
अनी,
बाटो मुनि
र,
बाटोमाथि,
युगौ देखी फुलेका छ – गमक्क ।
यी फूलहरूमा
रहर भएर पनि
गमलामा सजिएर फुल्न
कहिलै पाएनन्,
फूलबारीहरूमा
कहिलै रोपिएनन् ।
त्यसैले..
मलजल गरेर
एक थरी
फूलहरू मात्र फुलाउने
त्यो बिभेदपूर्ण फूलबारी भन्दा
पर छुटै
अलि बेग्लै
एउटा सुन्दर
र,
सुगन्धित फूलबारी
बसाउदै छन ।
आफू पनि
फूल हुनुको पहिचान
र,
अस्तित्वको लडाईंमा
अपहेलित सबै
फूलहरूलाई समेट्दै
एक जूट भएर
युध्दघोष गर्दै छन – फूलहरू ।
अलि फरक – फूलहरू ।
बिना मलजल फक्रिएका – फूलहरू ।
१० अगस्ट २०१२
बिरानो देशबाट
